सूचनाको शक्ति - The Power Of Information

        

सिओलमा आइतबार पनि खुल्दै नेपाली राजदूतावास

दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासले आउँदो आइतबार कार्यालय खुला राख्ने भएको छ । विद्युतीय राहदानी आवश्यक पर्ने नेपाली नागरिकलाई लक्षित गरी दूतावासले बिदाकोे दिनमा पनि सेवा प्रदान गर्न लागेको जनाएको छ । सो दिन बिहान १० बजेदेखि २ बजेसम्म सेवा दिइने दूतावासले जनाएको छ ।

अनलाइनमार्फत् फाराम भरेकाले मात्र सेवा पाउने छन् । पहिलोपटक राहदानी बनाउने (नेपाली बाबुआमाका कोरियामा जन्मेका सन्तानको हकमा) बुवाआमाको नागरिकताको प्रमाणपत्रको सक्कल तथा कपी, विवाह दर्ताको प्रमाणपत्र, एलियन कार्डको प्रमाणपत्र र बच्चाको जन्मदर्ता प्रमाणपत्र अंग्रेजी सक्कल कपी अपलोड गर्नुपर्नेछ ।

त्यस्तै, राहदानी नवीकरणको हकमा नागरिकता प्रमाणपत्रको पहिलो र दोस्रो पेज, एलियन कार्डको पहिलो र दोस्रो पेज, हालको राहदानीको फ्रन्ट पेज र ब्याज पेजको छुट्टाछुट्टै कपी अपलोड गर्नुपर्ने दूतावासले जानकारी गराएको छ । राहदानी हराएको र चोरी भएकाहरुले गणतन्त्र कोरियाको प्रहरीबाट जारी गरिएको प्रहरी प्रतिवेदन पनि पेश गर्नुपर्ने छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार ०८:०६

लोकप्रिय