शेयर बजार आज मङ्गलवार उच्च अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले र सिटिजन्स लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन आज चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज एक करोड ११ लाख कित्ता शेयर चार अर्ब चार करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ