प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई)हरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै उनीहरू सर्वोच्च अदालत पुगेका हुन् । प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्ववरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् ।
अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका हुन् ।
बत्यस्तै १४ जना बहालवाला वरिष्ठ सईले दायर गरेको रिटमा भने आज मंगलबार सुनुवाइ हुँदैछ । वरिष्ठ सईले अहिले पाउँदै आएको तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउनुपर्ने हो । तर उनीहरूले २ ग्रेडमात्रै पाउँदै आएको बताएका छन् । एक दिनको तलब बराबर १ ग्रेड हुन्छ । तर उनीहरूले थप ३ ग्रेडको रकम पाउनुपर्ने हो । पूर्व वरिष्ठ सईहरूले बहालमा रहँदा पाउनुपर्ने तर, नपाएको रकम पाउन माग गरेका हुन् ।
बहालवाला प्रनानीको तलब स्केल अहिले ३५ हजार ६५० छ । तर उनीहरूले पनि पाउनुपर्ने ग्रेडको रकम पाएका छैनन् । अवकाश प्राप्त सईहरुले प्रतिमहिना २६२ रुपैयाँको दरले थप ग्रेड रकम भुक्तानी दिनुपर्ने माग गरेका हुन् । अवकाशमा गएकाहरूले ग्रेड रकम मिलान गरेर निवृत्तिभरण दिन माग गरेका छन् । उनीहरूले उपचार खर्च र बिदाको रकम पनि पाउन माग गरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं