सूचनाको शक्ति - The Power Of Information

        

बालकुमारी घटनामा मारिएका दुई युवकको शव घर पुर्‍याइयो

बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका दैलेखका सुजन रावतको शवलाई परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो उनको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको हो ।

शव परिवारलाई जिम्मा लगाएपछि अन्त्येष्टिको तयारी भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले बताए । बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।

वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी रहेको अछाममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १४:३८

लोकप्रिय