बाँकेको नौबास्तास्थित बालसुधार गृहका नाबालक कैदी र स्थानीय प्रशासनको बिचमा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १४ पुसबाट सुधार गृहमा शुरु भएको विवादको शृङ्खला टुङ्गिएको छ ।
बैजनाथ गाउँपालिका–२ स्थित बाँके बाल सुधार गृहका कैदीहरूका आधारभूत मागहरू सम्बोधन गर्ने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनले भने–‘प्रजिअको तर्फबाट पुरा गर्न सक्ने मागहरू पुरा गर्छु, अन्य निकायसँग समन्वय गरेर पुरा गर्ने मागहरू पुरा गर्न पहल गर्छु ।’
स्थानीय प्रशासन र कैदीहरूको बिचमा गुणस्तरीय खानेपानीको आपूर्ति, मनोरञ्जनको व्यवस्था र पढ्ने वातावरण मिलाउने, उपचारको प्रबन्ध गर्ने र सुधार गृह भित्र सीपमूलक तालिम सञ्चालन गर्ने सहमति भएको छ । त्यस्तै, सुधार गृहमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउने पनि सहमति भएको छ । सहमतिसँगै कैदीहरू दुईवटा ब्लकमा बस्न सहमत भएका हुन् ।
सुधार गृहबाट १४ जना नाबालक कैदीहरू फरार भएका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रजिअ पोखरेलले बताए । नाबालक अवस्थामा थुनामा परेका बालबालिका १८ वर्ष पुरा हुँदा पनि बाल सुधार गृहमा नै राख्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाले यस्ता समस्या आइरहेको प्रजिअ पोखरेलले बताए ।
उनले भने– ‘१८ वर्ष उमेर पुरा भएकालाई कारागारमा सार्नुपर्छ, त्यस्तै हाम्रो बाल सुधार गृह होस्टेल मोडलमा सञ्चालन गर्नुपर्छ ।’बाल सुधार गृहलाई कारागार मोडलमा सञ्चालन गर्दा विकृतितर्फ गएको प्रजिअ पोखरेलको भनाई छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके