कलाकार, निर्माता तथा निर्देशक झरना थापाले चलचित्र ए मेरो हजुर ५ बनाउने भएकी छन् ।
यसअघि ए मेरो हजुरका ४ सिक्वेल निर्माण तथा निर्देशन गरेकी थापाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सिक्वेलको रुपमा ए मेरो हजुर ५ निर्माण गर्ने घोषणा गरेकी हुन् ।
थापाले यसअघि ए मेरो हजुरको दोस्रो, तेस्रो र चौथो सिक्वेलको साथै गत भदौमा प्रदर्शनमा आएको एक भागवत र गीता सामाजिक कथा नामक चलचित्र निर्माण गरेकी थिइन् ।
एक भागवत र गीताले प्रदर्शनको सम्मुखमा आएर विभिन्न धार्मिक संगठनहरुके चर्को विरोधको मार खेप्नु परेको थियो । विरोधकै वावजुद प्रदर्शनमा आएको एक भागवत र गीता नराम्ररी फ्लप भएको थियो ।
यो फिल्मको असफलतापछि केही समय चुप बसेकी झरनाले अहिले फेरि नयाँ फिल्म घोषणा गरेकी हुन् । उनले फिलमको बारेमा अन्य जानकारी दिएकी छैनन् । स्वर्गीय शिव रेग्मी निर्देशित ‘ए मेरो हजुर’ को दोस्रो सिक्वेलबाट झरनाले निर्देशन थालेकी हुन् ।
आफ्नी छोरी सुहाना थापा र मेगास्टार अनमोल केसी फिर्चड रहेको यसअघिका सबै सिक्वेल सफल भएको कारण ए मेरो हजुर ५ मा पनि सुहाना र अनमोलनै रहनसक्ने बताइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ