नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ । स्थानीय बजारको बिक्री भाउ तय गर्दै महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १९ हजार ९०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ