गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु कटक्कै’ बोल उनले सोमबार सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् ।
गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि कोही नहुने उल्लेख गरेको छ । तर मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई भने एक छिन भए पनि मन भुलाउने ठाउँ नहुने कथा गीत र भिडियोले भन्छ ।
समाजले महिलालाई पीडा भुलाउने सन्दर्भमा समेत विभेद गर्ने गरेको गीत र भिडियोमा देखाइएको छ । मनमा रहेको पीडा कम गर्न पनि महिलाले नाटक गर्नुपर्ने अवस्था रहेको देखाउन खोजिएको छ ।
गीतको भिडियो निर्देशन पनि प्रकाश स्वयंको छ । प्रकाश सपूतसँगै कुशुम शर्मालागतका कलाकार छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ