सूचनाको शक्ति - The Power Of Information

        

डोजर पल्टिँदा चालकको मृत्यु

जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गए राति १० बजे पुरानो बसपार्कमा डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए ।

मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०७:१२

लोकप्रिय