सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

तराईंमा बिहानैदेखि हुस्सु, तीन प्रदेशमा हिमपातको सम्भावना

केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । तराईका जिल्लामा हुस्सु र कुहिरो लागिरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार ०६:५४

लोकप्रिय