बाँकेको नौबस्तास्थित जयेन्दु बालसुधार गृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना कानुनको विवादमा परेका बालबन्दीहरु भने फरार छन् । ११६ जना बालबन्दी रहेको सो बाल सुधारगृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो ।
अहिले बालगृहमा रहेका ११६ जनामध्ये १०१ जना मात्रै भेटिएका हुन् । दुई दिनसम्म भित्र रहेका बालबालिकाहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका थिए भने बाहिरबाट प्रहरीले सुरक्षा घेरामा राखेको थियो । आन्दोलनरत बालबालिकाले उठाएका जायज माग तत्काल पूरा गर्न पहल गर्ने मौखिक सहमति गरी विवाद साम्य बनाइएको छ ।
सहमतिपछि सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने, ‘अहिले मौखिक सहमतिमा शान्ति भएको छ, ११६ जनामध्ये १०१ जना कारागारमै छन्, १५ जना फरार छन्, हामीले तत्काल पूरा गर्नसक्ने विषयमा सहमति जनाएका छौं र केन्द्रमा पहल गर्नुपर्ने विषयमा पनि समन्वय गर्ने भनेका छौं ।’
प्रजिअ पोखरेलले वार्तापछि सुधार गृहमा सुरक्षा कारबाही गरी त्यहाँ रहेका ४ थान मोबाइल जफत गरेको जनाए । बालसुधार गृहमा बालबालिकामात्रै राख्नुपर्ने भएपनि यहाँ सबै १८ वर्ष माथिका रहेका कारण बढी विवाद भएको हो । आइतबारदेखि आपसी झडपले अशान्त बनेको बालगृहमा तोडफोडमा उत्रिएका बालबन्दीहरूले आइतबारदेखि कसैलाई भित्र जान दिएका थिएनन् ।
आइतबार दिउँसोदेखि झडप र तोडफोड भए पनि प्रहरीसमेत बाहिरै बसेको थियो । बल प्रयोग गर्दा थप क्षति हुने भएकाले प्रहरीले बाहिरबाटै सुरक्षा दिएर वार्ताको प्रयास गरेको थियो । आक्रोशित बालबन्दीहरूले कसैलाई भित्र जान दिएका थिएनन् भने सरकारी सवारीसमेत तोडफोड गरेका थिए । बाँकेको बालसुधार केन्द्रमा यसअघि पनि झडपमा एक बन्दीहरूको मृत्यु भएपछि धेरैले चासोका साथ हेरेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके