१३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्नेगरी वडा ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नुभएको हो ।
मलिकले वडा प्रहरी कार्यालयका प्रहरीलाई टोपी लगाउनुका साथै बाँकी सबैलाई पुग्नेगरी वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीलाई ढाका टोपी हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा उहाँले अधिकांशले अंग्रेजी नयाँ वर्ष मनाएको तर आफ्नै मौलिकता बोकेको राष्ट्रियता झल्काउने टोपी दिवसका बारेमा धेरैलाई थाहा नभएको पाएको जनाउँदै सबैलाई जानकारीका लागि केही सर्वसाधारण लगायत प्रहरीलाई टोपी वितरण गरिएको बताउनुभयो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बिसीले राष्ट्रिय टोपी दिवस बारे सचेतना फैलाउन गरिएको कार्यक्रम सराहनीय रहेको बताउनुभयो । समाजसेवी मलिकले ढाका टोपी सर्वसाधारणलगायत वडा प्रहरी कार्यालयका प्रहरीलाई पुग्नेगरि वितरण गर्नुभयो । यसैगरी नेपालगन्ज साईकिलिङ्ग क्लबलगायत अन्य केही संघ संस्थाले पनि अन्तरक्रिया गरेर टोपी दिवस मनाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके