सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

 सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । यो भूकम्प २०७२ सालको  गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार ०७:५७