सूचनाको शक्ति - The Power Of Information

        

कोरोनामा फर्किएका ६४ नेपाली श्रमिकलाई मलेसियाले पारिश्रमिक लिन बोलायो

मलेसियाका दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई पारिश्रमिक लिन बोलाएको छ । कोरोना महामारीको समय नेपाल फर्किएपछि फेरी काममा जान नपाएका नेपाली श्रमिकहरूलाई पारिश्रमिक लिनका लागि कम्पनीले बोलाएको हो ।

मलेसियाको भेन्चर ग्रुप अन्तर्गत (Entities Technocorn system SDN BHD)मा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिकहरूले काम गरेका थिए । कोरोना महामारी फैलिएपछि उनीहरू नेपाल फर्किए । पारिश्रमिक भुक्तानी नलिएरै उनीहरू नेपाल आएका थिए ।

तलब भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएपछि दुबै कम्पनीले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए । सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो ।

विभागले सूचना जारी गर्दै ६४ जनालाई सम्बन्धित काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ । विभागले हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

प्रकाशित मिति : १५ पुष २०८०, आइतवार १८:१०

लोकप्रिय