सूचनाको शक्ति - The Power Of Information

        

ग्याङफाइटको घटनापछि बाँकेको बाल सुधार गृहमा तनाव

बाँकेको एक बाल सुधार गृहमा तनाव भएको छ । बैजनाथ गाउँपालिका २ स्थित नौबस्तामा रहेकाे सुधार गृहमा  दुई समूहबीचको विवादले उग्र रुप लिँदै गएपछि तनावको अवस्था सिर्जना भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररुप लिँदै आज थप तनाव भएको सूचना भएको जानकारी दिए ।

उनका अनुसार ग्याङफाइटमा घाइते भएका ४ जनालाई उपचारपछि सुधारगृहमा फिर्ता ल्याइएसँगै तनावको अवस्था भएको हो । दुई समूहलाई छुट्टाछुट्टै ब्लकमा राखिएपनि एक समूहले ढुंगामुढा गरेका छन् ।

ढुंगामुढाबाट एक गाडीमा क्षति पुग्नुकै साथै सुधारगृहमा तनावको अवस्था रहेको हो । अहिले बैजनाथ गाउँपालिका २ स्थित नौबस्ता थप सुरक्षाकर्मीको टोली पठाइएको अवस्थालाई साम्य बनाउने कोसिस भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १५ पुष २०८०, आइतवार १७:५८

लोकप्रिय