गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माणको काम बिचमै अलपत्र पारेर हिँडेका हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पुरानै कर्ममा फर्किएका छन् ।
०७२ सालको भूकम्पपछि ‘समाजसेवा’मा लागेयता कलाकारिता छोडेका उनीहरू आठ वर्षपछि फेरि कलाकारितामा फर्किएका हुन् । शनिबार कास्कीको लेखनाथ महोत्सवमा यी दुई एकैसाथ स्टेजमा देखिए ।
महोत्सवमा उनीहरुले आफ्नो प्रस्तुति दिँदै अब पुरानै लयमा फर्केको समेत बताए । पर्दामा देखिने धुर्मुस र सुन्तलीको गेटअपमै झुल्किएका उनीहरुले क्यारिकेचर र नृत्य गरेका थिए ।
चितवनको भरतपुरमा निर्माणाधीन बहुचर्चित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बिचैमा अलपत्र पारेर धुर्मुस-सुन्तली फाउन्डेसनले हात झिकेपछि यो जोडी विवादमा छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कास्की