सूचनाको शक्ति - The Power Of Information

        

भारतका केही राज्यमा दिउँसै अन्धकार, रेल सेवा पनि प्रभावित

सन् २०२३ को अन्तिम दिन भारतका राजस्थान, मध्य प्रदेश लगायत उत्तर भारतका ७ राज्यमा बाक्लो कुहिरो देखिएको छ । असमको जोरहाट, पञ्जाबको पठानकोट–भटिंडा, जम्मू र आगरामा शून्य भिजिबिलिटी रेकर्ड गरिएको थियो ।

कुहिरोका कारण दिल्ली वरपर २३ वटा रेल आफ्नो निर्धारित समयभन्दा ढिलो सञ्चालन गरिएका थिए । जम्मू कश्मीरका केही क्षेत्रमा तापक्रम चिसोभन्दा तल पुगेको छ । श्रीनगरमा माइनस ३.४ डिग्री सेल्सियसमा तापक्रम रेकर्ड गरिएको थियो ।

उही समयमा अनन्तनागमा ३.४ डिग्री र गुलमर्गमा (घ।छ डिग्री तापमान रेकर्ड गरिएको थियो । पञ्जाब, हरियाणा, उत्तर प्रदेश र उत्तरी राजस्थानका धेरै क्षेत्रमा आइतवार ७ डिग्री सेल्सियस–१० डिग्री सेल्सियसको बीचमा तापक्रम रेकर्ड गरिएको थियो ।

आईएमडीका अनुसार मध्य भारतमा २४ घण्टामा दिनको तापक्रम घट्ने छ । यसको मतलब नयाँ वर्षको पहिलो दिन मध्य प्रदेश–राजस्थानमा चिसो अझै बढ्ने छ । निजी मौसम एजेन्सी स्काइमेटका अनुसार उत्तर भारत बाहेक झारखण्ड र ओडिशाका केही भागमा आज कुहिरो तथा शीतलहर पर्नेछ ।

त्यसैगरी आज तमिलनाडु, दक्षिणी केरला, लक्षद्वीप, अण्डमान-निकोबार र उत्तर-पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । वास्तवमा रातको तापक्रम सामान्यभन्दा ४.५ डिग्रीदेखि ६.४ डिग्री कम हुँदा शीतलहर चलेको मानिन्छ । यदि आज (३१ डिसेम्बर) पनि शीतलहर रोकिएन भने मध्य प्रदेशमा ३४ वर्षको कीर्तिमान तोडिनेछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ पुष २०८०, आइतवार १६:१४

लोकप्रिय