२०८३ वैशाख १५ , मंगलबार 29, April 2026, Wednesday

आज कति छ सुनचाँदीको मुल्य ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १५ गते आइतबार

साताको पहिलो दिन आइतबार सुन तोलामा २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि छापावाल सुन शुक्रबार तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य शुक्रबारकै मुल्यमा तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार