आज बिहान दाङमा भएको बस दुर्घटनामा ३५ जना घाइते भएको पुष्टि भएको छ । वनभोजका लागि बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दाङको अमिलिया–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो ।
गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने ३१ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।
४० जना सवार बस बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नं.३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै थियो ।
बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ । बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ