सूचनाको शक्ति - The Power Of Information

        

नेपालीले चुइगम पड्काउँदा पाँच महिनामै २६ करोड ८२ लाख स्वाहा !

नेपालमा व्यापार घाटा चुलिनुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । स–साना कुरामा परनिर्भर हुने नेपाली शैलीले पनि थप व्यापार घाटा बढ्न मद्दत गरेको छ ।

चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको छ । अर्थात् नेपालीहरूले यस अवधिमा सो रकम बराबरको चुइगम पड्काएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो । विभागले सात लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयात भएको तथ्यांक छ । यो चालू वर्षको तुलनामा कम हो । तथ्यांक अनुसार भारतबाट २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ ।

यस्तै, अमेरिकबाट ८२ लाख २६ हजार रुपैयाँको आयात भएको छ । यस्तै, यसबाहेक अन्य दर्जन देशबाट समेत नेपालमा चुइगम भित्रिने गरेको छ । तर, न्यून मात्रामा मात्रै भित्रने गरेको तथ्यांक छ ।

प्रकाशित मिति : १५ पुष २०८०, आइतवार ११:४९

लोकप्रिय