सूचनाको शक्ति - The Power Of Information

        

इंग्लिस प्रिमियर लिग : बर्नलीसँग एस्टन भिल्लाको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले बर्नलीलाई हराएको छ । गएराति भएको खेलमा बर्नलीलाई ३–२ गोलले हराउँदै भिल्लाले रोमाञ्चक जित निकालेको हो ।

भिल्लाका लागि लियोन बेली, मुसा डायबी र डगलस लुइजले एक–एक गोल गरेका थिए । यस्तै, बर्नलीका जेकी आमदौनी र लिल फोस्टरले एक–एक गोल फर्काएका थिए ।

खेलको २८औँ मिनेटमा भिल्लाका बेलीले सुरुवाती गोल गरेका थिए भने ३०औँ मिनेटमा बर्नलीका जेकीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि भिल्लाका मुसाले ४२औँ मिनेटमा गोल गर्दै खेललाई २–१ गोलले अगाडि बढाएका पनि ७१औँ मिनेटमा बर्नलीका लिलले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए ।

तर, खेल सकिन एक मिनेट बाँकी रहँदा भिल्लाका लुइजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै एस्टन भिल्ला २० खेलबाट ४२ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल ४२ अंकसहित शीर्षस्थानमा छ । पराजित भएको बर्नली ११ अंकसहित अन्तिमबाट दोस्रोमा छ ।

प्रकाशित मिति : १५ पुष २०८०, आइतवार ०७:४६

लोकप्रिय