भारतको कर्नाटकस्थित गुरुगामल्ला गाउँको एक सरकारी विद्यालयकी महिला प्रधानाध्यापकलाई यतिबेला ‘मर्नु न बाँच्नु’ भएको छ । आफ्नै पुरुष विद्यार्थीसँग रोमान्टिक पोजमा खिचेका तस्वीरहरु भाइरल भएपछि उनलाई तनाव भएको हो ।
कक्षा १० का विद्यार्थीसहित ती प्रधानाध्यापक शैक्षिक भ्रमणमा गएकी थिइन् । त्यही अवसर पारेर उनले नाबालक विद्यार्थीसँग रोमान्टिक तस्वीरहरु खिचाएकी थिइन् । भाइरल भएको तस्वीरमध्ये एउटामा विद्यार्थीले प्रधानाध्यापिकाको साडी तानेका छन् भने अर्कोमा गालामा चुम्बन गरेको देखिन्छ ।
त्यस्तै, अर्को तस्वीरमा विद्यार्थीले उनलाई आफ्नो अंगालोमा उचालेका छन् । साडीमा सजिएकी ‘गुरुआमा’सँग रोमान्स गर्ने ती विद्यार्थीले भने जिन्सको पाइन्ट र कुर्ता लगाएका छन् । यी तस्वीरहरु भाइरल भएसँगै विद्यार्थीका अभिभावकहरुले आक्रोश पोख्दै प्रधानाध्यापिकालाई कारवाहीको माग गरेका छन् ।
शिक्षिकाले नाबालक विद्यार्थीसँग यस्ता अनैतिक हर्कत गर्नु लज्जास्पद घटना भएको अभिभावकहरुको बुझाइ छ । विद्यालयको व्यवस्थापन समितिले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं