सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा बहस सकियो, आजै आदेश आउने

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दाको बहस सकिएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित गौशला २६ आफैं उपस्थित भएर आफ्ना धारणा राखेकी थिइन् । यो मुद्दामा आजै शुक्रबार आदेश आउनेछ।

१६ महिनाअघि क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिकामाथि बलात्कार गरेको आरोपमा मुद्दा चलेको थियो ।  यो मुद्दामा पटक पटक सुनुवाइ र अदालतबाट विभिन्न कागजात झिकाउने आदेश भइसकेको थियो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १७:१२