२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै आन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश भएको छ ।

रिट निवेदक अधिवक्ता दिपकराज जोशी भन्छन्, ‘कहिलेलाई भन्ने चाहिँ केहीबेरमा थाहा होला ।’

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकीर गर्दै नियुक्ति बदरको माग गरेका छन् ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार