सूचनाको शक्ति - The Power Of Information

        

विमानको शौचालयमा शिशु जन्माएकी महिला भन्छिन्, ‘नेपालमै जन्माउन आएकी थिएँ’

एक साताअघि एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर फाल्ने महिलाले आफू नेपाली प्रेमीको गर्भ लिएर स्वदेश आएको बताएकी छिन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत ती महिलाले ‘बच्चाको बाउ नेपाली रहेको र जन्माउन पनि नेपाल नै आएको’ बताएकी हुन् ।

साढे तीन वर्षअघि वैदेशिक रोजगारीमा गएकी ती महिलाले आफू युएईमा होटलको कर्मचारी भएको बताएकी छन् । उनी होटलमा हाउस किपिङलको काम गर्थिन् । नवलपरासीको बर्दघाटकी ३० वर्षीय ती महिलालाई प्रहरीले अस्पतालमै प्रारम्भिक सोधपुछ गरिरहेको छ । ती महिलाले ‘युएईमा रहँदा नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको र बच्चा जन्माउन नै नेपाल आएको’ बताएकी हुन् ।

प्रहरीका एक अधिकारीले ती महिलालाई उद्धृत गर्दै भने, ‘मलाई धेरै गाह्रो भयो । त्यसपछि म शौचालय गएँ । त्यहाँ गएपछि म बेहोस भएछु । पछि के के भयो, थाहै पाइनँ । होस खुल्दा प्रहरीसँग रहेछु ।’ युएईबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको एयर अरेबियाको विमानको शौचालयभित्र पुस ४ गते नवजात शिशु मृत फेला परेको थियो । उनको शारीरिक अवस्था कमजोर भएपछि अस्पतालमै उपचाररत छिन् ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार ११:४०

लोकप्रिय