जाजरकोट भूकम्पबाट घर गुमाएका ८० हजार परिवारमध्ये २८ हजार अस्थायी आवासमा सर्ने तयारीमा छन् । २८ हजार अस्थायी आवास हस्तान्तरणको प्रक्रियामा पुगेको गृह मन्त्रालयले जनाएको छ ।
वडा कार्यालयको समन्वयमा अस्थायी आवास हस्तान्तरण गरिनेछ । थप ५२ हजारका लागि अस्थायी आवास बनाउन अझै बाँकी छ । गत कात्तिक १७ गते राति गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट ८० हजार घर बस्नै नमिल्नेगरि ध्वस्त भएका थिए ।
भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरासहित पाँच जिल्लाका ८० हजार घर भत्किँदा १५३ जनाको मृत्यु भएको थियो । घर गुमाएका ८० हजार परिवारका लागि सरकारले अस्थायी आवास बनाउन लागेको हो ।
गृह मन्त्रालयका अनुसार २८ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माण सम्पन्न हुने अवस्थामा छन् । थप ५२ हजार घरका बासिन्दाका लागि अस्थायी आवास निर्माणको काम भने अझै सुरु भएको छैन ।
अस्थायी आवास निर्माणका लागि केन्द्र सरकारले दुई अर्ब २६ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । ८० हजार अस्थायी आवास निर्माणका लागि ४ अर्ब रुपैयाँ आवश्यक पर्ने गृह मन्त्रालयको भनाई छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जाजरकोट