रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि बिहीबार बिहान रुसी समयमा पाइलटले त्यसरी अतवरण गरेको बीबीसीले उल्लेख गरेको छ ।
३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अतवरण गरिएको थियो । अतवरणमा कुनै यात्रुहरु घाइते भने नभएको बताइएको छ । उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ ।
रुसको सुदूरपूर्वको प्रान्त साखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणको विषयलाई लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं