रुसका एक पाइलटले नदीमा जमेको हिउँमाथि जहाज अवतरण गरेका छन् । नदीको हिउँलाई विमानस्थल भनेर झुक्किएपछि बिहीबार बिहान रुसी समयमा पाइलटले त्यसरी अतवरण गरेको बीबीसीले उल्लेख गरेको छ ।
३० यात्रु र चार चालक दलका सदस्य भएको ३४ मान्छे बोकेको जहाज रुसको सुदूरपूर्वको कोलिमा नदीमा अतवरण गरिएको थियो । अतवरणमा कुनै यात्रुहरु घाइते भने नभएको बताइएको छ । उक्त घटना अहिले विश्वभर चर्चाको विषय भएको छ ।
रुसको सुदूरपूर्वको प्रान्त साखा गणतन्त्रबाट सिरिङ्काको लागि उडान गरेको एन्तोनोभ कम्पनीको जहाजको खराब अवतरणको विषयलाई लिएर अहिले अनुसन्धान भइरहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा पाइलटकै दोष भएको पाइएको छ ।
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार
