भारतसँगकाे पहिलाे टेस्ट क्रिकेटमा घरेलु टाेली दक्षिण अफ्रिका विजयी भएकाे छ । घरेलु टाेलीले भारतले एक इनिङ्स र ३२ रनले हरायाे । याेसँगै दक्षिण अफ्रिकाले २ टेस्टकाे शृङ्खलामा १–० काे अग्रता बनाएकाे छ ।
दाेस्राे इनिङ्समा भारत १ सय ३१ रनमै अल आउट भएपछि दक्षिण अफ्रिका तेस्राे दिन नै विजयी भएकाे हाे । भारतका विराट काेहलीले ७६ र शुभमन गिलले २६ रन बनाए । अरू कुनै पनि खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका नान्दे बर्गेरले ४, मार्काे जनसेनले ३ र कागिसाे रबाडाले २ विकेट लिए ।
दक्षिण अफ्रिकाले पहिलाे इनिङ्समा ४ सय ८ रन बनाएकाे थियाे । दक्षिण अफ्रिकाका डेन एल्गरले सर्वाधिक १ सय ८५ रन बनाए । यस्तै मार्काे जनसेनले नट आउट ८४ र डेभिड बेदिनघमले ५६ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र माेहम्मद सिराजले २ विकेट लिए ।
त्यसअघि सेन्चुरियनकाे सुपरस्पाेर्ट पार्कमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले पहिलाे इनिङ्समा २ सय ४५ रन बनायाे । भारतका केएल राहुलले १ सय १ र विराट काेहलीले ३८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसाे रबाडाले ५ र नान्दे बर्गेरले ३ विकेट लिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ