बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका –२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको थियो ।
खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँचसय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्क्रिय पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके