लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार ६८ दशमलव ९० विन्दुमा झरेको छ ।
आज होटल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ, अरू समूहको शेयर सामान्य ओरालो लागेको छ । आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि आज भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । एक करोड ६८ लाख कित्ता शेयर चार अर्ब २९ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ