पछिल्लो समयमा व्यवसायीले नेपालगन्ज नाकाबाट नयाँ–नयाँ तरिकाको प्रयोग गरेर भन्सार राजस्व छलेर सामान भित्र्याउने गरेको पाइएको छ । केहीदिन पहिलेमात्रै मूल्याङ्कन कम देखाएर राजस्व छली गर्दै नेपाल भित्रिएको एक कन्टेनर र एक ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर कोहलपुरस्थित राजस्व अनुसन्धानलाई बुझाएको थियो ।
सो घटना सेलाउन नपाउँदै एउटा सामाग्रीको प्रज्ञापन पत्र बनाएर अर्कै सामग्री भित्र्याएर भन्सार राजस्व छल्ने गरेको नयाँ खुलासा भएको छ । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपालगन्ज भित्रिएको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि सो तरिकाले राजस्व छल्ने गरिएको खुलासा भएको हो ।
भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएको ट्रकमा केही बोरा आलु राखेर ठुलो परिमाणमा प्याज भेटिएपछि सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलीका चेकपोष्टबाट प्याज बोकेको ट्रकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले जानकारी दिए ।
सशस्त्र प्रहरीले यूपी ४० टी ७४७४ नम्बरको तरकारीको गाडी नियन्त्रणमा लिएर चेक जाँच गर्दा आलुको प्रज्ञापन पत्रमा प्याज बरामद गरेपछि नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको करिब ३० क्विन्टल प्याजसहितको ट्रकलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएको प्रमुख शाहीको भनाइ छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टङ्क धामीले भारतबाट आयात हुने सामानको कम मूल्याङ्कनमा भन्सार गरिनु र एक सामानको प्रज्ञापनपत्र बनाएर अर्को भित्र्याउनुमा भन्सार कर्मचारीको मिलेमतो रहेको जनाएको छ ।
भारतबाट ल्याइएको भन्सार गरिने हरेक वस्तुलाई भन्सारका कर्मचारीले जाँच गरेर मात्र प्रज्ञापन पत्र बनाउने गरेकोमा कसरी एउटाको प्रज्ञापन पत्रमा अर्को सामान भित्रियो अनुसन्धान र छानबिन अनिवार्य भएको बताउँदै उनले राजस्व छल्ने कार्य व्यवसायीले मात्र गरेर नहुने जनाउँदै त्यसमा संलग्न कर्मचारी र अन्यलाई पनि कडा कारबाही हुनुपर्ने माग गरे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके