सूचनाको शक्ति - The Power Of Information

        

४९ प्रतिशतले बढ्यो कर्मचारीको तलब

कर्मचारीको न्यूनतम ज्याला ४९ प्रतिशतले बढेको छ । टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्यूनतम ज्याला बढाएको हो । टर्कीले मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ ।

टर्कीका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधबार सो कुराको घोषणा गरेका हुन् । यो तथ्याङ्कसँगै गत आवको तुलनामा खुद न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ ।

देशको न्यूनतम पारिश्रमिक निर्धारण आयोगले धेरै छलफलपछि उक्त निर्णयलाई खारेज गरेको इसिखानले बताए । टर्कीले यसअघि जुलाई १, २०२३ देखि शुरु हुने मासिक न्यूनतम ज्याला ३४ प्रतिशतले ११ हजार ४०२ लिरामा बढाएको थियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १४:१७

लोकप्रिय