प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशले जित निकालेका छन् ।
आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो । याेसँगै काेशी प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ
सुदूरपश्चिमले दिएको १ सय १९ रनको लक्ष्य कोशीले १७ ओभर ४ बलमा दुई विकेटको क्षतिमा पूरा गर्याे ।
कोशीकी काजल श्रेष्ठ र रुविना चौधरीले क्रमशः ५४ र ५१ रनको अर्धशतकीय इनिङ खेले । सुदूरपश्चिमकी अनु कडायतले दुई विकेट लिइन् ।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो ।
प्रतियोगितामा ६ खेल खेलको कोशी प्रदेश १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सुदूरपश्चिम ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै, मुलपानी मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हराएको छ ।
लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य मधेशले १८ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्याे ।
मधेशकी पूजा महतोले ६० रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, अनुराधा चौधरी र सरस्वती कुमारीले १२ रन बनाइन् ।
लुम्बिनीकी कमला जिएम र सुस्मिता भुसालले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन जोडेको थियो ।
यो जितसँगै ६ खेलबाट ४ अंक जोडेको मधेश छैटौँ स्थानमा छ भने ४ अंक नै भएको लुम्बिनी प्रदेश पाँचौँ स्थानमा छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ