सूचनाको शक्ति - The Power Of Information

        

किर्ते कागजातको आरोप लागेका थापा रथीमा बढुवा सिफारिस

किर्ते कागजातको आरोप लागेका उपरथी निर्मलकुमार थापालाई नेपाली सेनाले रथीमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाली सेनाको बढुवा सिफारिस समितिले बुधबार किर्ते कागजातको आरोप लागेका थापालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

रथी सिताराम खड्का अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा थापालाई बढुवा गर्न लागिएको हो । थापा हाल राष्ट्रसंघीय शान्ति मिसन सिरियामा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् । थापाविरुद्ध कुनै दाबी विरोध वा उजरी भए बढुवा समितिमा ७ दिन भित्रमा दिन नेपाली सेनाले आह्वान गरेको छ ।

उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप छ । प्रधानसेनापतिका दाबेदार मानिएका थापाको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै छानविन र आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोजमा उजुरी परेको छ । उजुरीमाथि अख्तियारले कारबाही प्रारम्भ गरेको छैन । यसअघि अशोकराज सिग्देल रथीमा बढुवा भइसकेका छन ।

उनी पनि थापा जस्तै किर्ते कागजातको आरोप लागेका अधिकृत हुन् । त्यसैले सिग्देल नै प्रधानसेनापति बन्छन् भन्ने छैन । सिग्देल प्रधानसेनापति बन्ने निश्चित नभएकाले सिग्देल पछिको बरियतामा रहेका थापा प्रधानसेनापति बन्ने सम्भावना रहन्छ । तर, थापालाई पनि किर्ते कागजातकोे आरोप छ । प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुँदै छन् ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १३:२५

लोकप्रिय