पछिल्लो समय नेपाल प्रहरीमा जागिर छाडेर जानेको संख्या बढिरहेको छ ।
सरकारी जागिर छाडेर वर्षेनी ठूलो संख्यामा नेपालीहरू विदेश गइरहेका खबर पनि बेलाबखत आउने गरेका छन् ।
प्रहरी प्रधान कार्यालयले पनि समय समयमा प्रहरी कर्मचारीहरू गैर हाजिर रहेको र छिटो सम्पर्क गर्न भन्दै सूचना पनि निकाल्ने गरेको छ ।
यस्तै फेरि २१ जना प्रहरी गैर हाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सात दिने समय सीमा दिएर सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एक जना प्रहरी वरिष्ठ हवलदार, पाँच जना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुसी गैर हाजिर रहेको जानकारी दिएको छ।
उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।
सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी पनि उनीहरूलाई दिइएको छ ।
प्रहरीहरू आफूखुसी सम्पर्क विहीन हुने गरेका घटना बढ्दै गए पनि यसको कारण के हो ? न गृह मन्त्रालयले अध्ययनमा चासो देखाएको न प्रहरी प्रधान कार्यालयले ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ