सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर उक्त मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

यसअघि गत २४ मंसिरमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।

सन्दीपविरुद्धको मुद्दामा हाल जन्ममिति नै मुख्य विवादको विषय रहेको छ । वारदात भएको समयमा जाहेरवालीको उमेर १८ वर्ष पुगेको हो कि १८ वर्षभन्दा कम हो भन्ने विषयमा विवाद रहेको हो ।

सरकारका तर्फबाट पेस भएको एसइईको सर्टिफिकेट, नागरिकता र जन्मदर्ता प्रमाणपत्रमा जोहेरीवाला किशोरीको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख रहेको छ ।

सन्दीपतर्फका कानुन व्यवसायीले पेस गरेको कागजातमा भने गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार ०८:०३

लोकप्रिय