२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday
आजकाे माैसम :

उल्लेखनीय मौसमी प्रणाली नहुँदा कस्तो हुनेछ मौसम ?

एकदुई स्थानमा हल्का हिमपात
सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० पुस ११ गते बुधबार

ल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको बताएको छ ।

प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार