२०८२ माघ ४ , आइतबार 18, January 2026, Sunday
मौसम पूर्वानमान महाशाखा

आजको मौसमः तीन प्रदेशको पहाडी भूभागमा बादल लाग्ने

सतर्कता अपनाउन अनुरोध
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० पुस १० गते मंगलबार

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले बताएको छ। मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उसले बताएको छ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन पनि अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८० पुस १० गते मंगलबार