प्युठानको झिमरुक गाउँपालिका- ३ स्थित पिप्लारुख भन्ने स्थानमा आमा छोरा जङ्गलमा मृत फेला परेका छन्।
३४ वर्षीया विष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत अवस्थामा भेटिएका हुन् ।
घरदेखि करिब डेस सय मिटर नजिक जङ्गलको काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको झिमरुक गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगेको छ । अहिले प्रहरीले स्थानीयको रोहवरमा मुचुल्का उठाउने काम भैरहेको वडा अध्यक्ष केसीले बताए ।
मृतक विष्णाका श्रीमान् मजदुरीका लागि भारतमा छन् । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । दाङ