प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करार सेवामा कार्यरत कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार सूचना जारी गर्दै परियोजनाले १५ दिन भित्र आवेदन बुझाउन आह्वान गरेको हो ।
सूचनामा भनिएको छ,‘ लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आर्थिक वर्ष २०७९/८० मा संचालन गरेको नेपाल कृषि सेवाका ( कृषि र पशुपन्छी विकास क्षेत्रतर्फ) राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत वा सो सरहका पदमा स्थायी पदपूर्तिका लागि सिफारिस गर्ने क्रममा वैकल्पिक तथा अस्थायी योग्यता क्रम सूचिमा रहेका उम्मेदवारहरू र विभिन्न प्रदेश लोक सेवा आयोगहरूबाट कृषि सेवा तर्फका कृषि / पशु विकास अधिकृत वा सो सरहका पदमा पदपूर्तिका लागि सिफारिस गर्ने क्रममा वैकल्पिक तथा अस्थायी योग्यता क्रम सूचिमा रहेका उम्मेदवारहरूले यस परियोजना अन्तर्गत करार सेवामा काम गर्नु इच्छुक भएमा सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र परियोजना व्यवस्थापन एकाइ खुमलटार ललितपुरमा सम्पर्क राख्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ