२०८३ भदौ २६ , शुक्रबार 12, September 2026, Saturday

आज र भोलि लगातार सार्वजनिक बिदा

सरकारले आज (सोमबार) र भोलि (मंगलबार) लगातार सार्वजनिक बिदा दिएको छ।

सरकारले आज (२५ डिसेम्बर) क्रिसमस डे र भोलि उधौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो।

गृह मन्त्रालयले आज इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डेका लागि सार्वजनिक बिदा दिएको छ। क्रिसमस डेका अवसरमा इसाइ धर्माबलम्बीले आज विभिन्न कार्यक्रम गर्दैछन्।

भोलि मंगलबार किराँत समुदायले मनाउने उधौली पर्व, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा)का अवसरमा पनि सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार