नवलपरासी पूर्व (नवलपुर)को विनयी त्रिवेणी गाउँपालिका १ मा सासु–बुहारीको शव फेला परेको छ ।
खहरे जंगलमा ओम शान्ती टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुर)का डीएसपी बेदबहादुर पौडेलले बाह्रखरीलाई जानकारी दिए ।
आइतबार दिउँसो घाँस काट्न जंगलमा गएका उनीहरू अबेरसम्म नफर्किएपछि प्रहरीले खोजी गरेको थियो ।
प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार
