शेयर बजार परिसूचक नेप्से आज आइतवार दाेहाेराे अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ८८ दशमलव शून्य सात विन्दुमा झरेकाे छ ।
आज हाइड्राेपावर, बीमा र अन्य बाहेक अरू समूहकाे शेयर घटेकाेमा उत्पादन तथा प्रशाेधन, व्यापार, हाेटल तथा पर्यटन, विकास बैंक र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।
आज ज्याेति विकास बैंक बाेन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया लिमेटेडकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटेकाे दिन आज पाँच वटा कम्पनीकाे शेयरमा सकारात्मक सर्किट लागेकाे छ ।
आज एक कराेड ८५ लाख कित्ता शेयर सात अर्ब ११ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे ३० कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ