बाँकेको राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको नसर्ने रोगको स्वास्थ्य शिविरमा मधुमेह, उच्चरक्तचाप र मिर्गौला सम्बन्धी रोग शङ्का लागेका २०६ जनाले सेवा लिएका छन् ।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा सञ्चालन गरिएको मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ शिविरमा २०६ जना सर्वसाधारणले सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले गाउँघरमै पुगेर नसर्ने रोगको स्क्रिनिङ गरिएपछि सेवा लिन ठुलो सङ्ख्यामा स्थानीय शिविरमा पुगेको बताउनुभयो । स्क्रिनिङ शिविर पहिलो पटक आयोजना गरिएको उहाँको भनाइ छ । शिविर पुस ८ गतेसम्म सञ्चालन हुनेछ ।
स्क्रिनिङ शिविरमा नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका, औषधि खाइरहेका र पुराना बिरामीको शिविरमा स्वास्थ्य चेकजाँच नहुने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । उहाँले मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगको शङ्का लागेका बिरामीले मात्रै शिविरमा लाभ लिएको बताउनुभयो ।
शिविरमा राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केसीको नेतृत्वमा आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, ल्याब टेक्निसियन केशव ज्ञवाली, जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्याय, कोल्डचेन निरीक्षक जनक गिरी, तथ्याङ्क अधिकृत मदन पाल, लेखा अधिकृत धनबहादुर चन्द लगायतको टोली खटिएको थियो ।
टोलीले २०६ जनाको स्क्रिनिङ गरेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके