आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेर कारोबारमा आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ८०० रुपैयाँ थियो । जुन, आज आइतबार १०० रुपैयाँले बढेसँगै १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ रहेकोमा आज १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार १४ सय ८५ रुपैयाँ कायम थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ