इंग्लीश प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ । शनिबार राति वेष्ट ह्यामले घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ७२ औं मिनेटमा बेष्ट ह्यामका जारोड बोबेनले गोल गरी अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटको अन्तरमा वेष्ट ह्यामका मोहमद कुडोसले गरेको दोश्रो गोलले वेष्ट ह्यामको जीत सुनिश्चित भएको हो ।
यो खेलपछि म्यानचेष्टर युनाईटेड २८ अंकसहित तालिकाको आठौं स्थानमा रहदाँ वेस्ट ह्याम ३० अंकसहित छैटौं स्थानमा उक्लिएको छ । यसैगरी हिजै भएको खेलमा टोटेनहमले एभर्टनलाई २–१ गोल अन्तरले हराएको छ ।
टोटनह्यामको घरेलु मैदानमा भएको खेलमा टोटेनहमका रिचर्डलिसन र सन ह्युङ मिनले एक एक गोल गरे । एभर्टनका आन्द्रे गोमेसले एक गोल फर्काएका थिए ।
खेलमा अग्रता गरेका टोटेनहमले नवौं मिनेटमा रिचर्डलिसनको गोल गरेको खेलमा सनले १८ औं मिनेटमा टोटेनहमको अग्रतालाई दोब्बर बनाएका थिए । जितसहित टोटेनहमले ३६ अंक जोडेर तालिकाको चौथों स्थानमा उक्लिएको छ ।
एभभर्टन १६ अंकसहित तालिकाको १६ औं स्थानमा छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ