इसाई धर्मावलम्बीकाे पर्व क्रिसमस मनाउन मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएकाे छ ।
गाउँपालिकाले शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएकाे जानकारी गराएकाे छ ।
यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।
![](https://unncdn.prixacdn.net/media/albums/release_1bm17bESHy.jpg)
सत्यपाटी संवाददाता । काठमाडौँ