२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday

क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

 इसाई धर्मावलम्बीकाे पर्व क्रिसमस मनाउन मकवानपुरकाे राक्सिराङ्ग गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएकाे छ ।

गाउँपालिकाले  शनिवार एक विज्ञप्ति निकालेर क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएकाे जानकारी गराएकाे छ ।

यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार