धनगढीमा नेपाल प्रहरीका पूर्व सई नै समातिएका छन् । पूर्व सई मदन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार धनगढीको त्रिनगरस्थित प्रहरी चौकीले धामीलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय धनगढीको भ्यानमार्फत जिप्रका कैलालीमा पुगाइएको थियो ।
धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै समातिएको बुझिएको छ । धामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले पुष्टि गरे ।
तर धामीले भने त्रिनगर प्रहरी चौकीका प्रहरी प्रमुख रमेश खड्काले आफूलाई अनाहकमा कुटेको आरोप लगाएका छन् । आफूलाई चोट लागेको दाबी गर्ने धामीको मेडिकल चेकजाँच पनि गरिएको स्रोतको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । धनगढी