बाँके जिल्लाका भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको लालपुर्जा वितरण गर्नका लागि अहिले विभिन्न पालिकामा निस्सा वितरण गरिएको छ । शुक्रबार जिल्लाको जानकी गाउँपालिका ३ मा पाँच सय ४१ जना भूमीहिन तथा सुकुम्वासी नागरिकलाई जग्गाको निस्सा वितरण गरिएको हो ।
राष्ट्रिय भूमी आयोग बाँकेको अगुवाइमा जानकी गाउँपालिका ३ का पाँच सय ४१ जना दलित भूमीहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष छव्वन खाँले जानकारी दिनुभयो ।
अध्यक्ष खाँका अनुसार छ वटा वडा रहेको जानकीमा हालसम्म चार वडामा निस्सा वितरण कार्य सम्पन्न भईसकेको छ । वडा नम्बर २ मा पाँच सय २, वडा नम्बर ४ मा चार सय ६०, वडा नम्बर ६ मा दुई सय ४१ जना र आज शुक्रबार वडा नम्बर ३ मा पाँच सय ४१ जना दलित भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी नागरिकहरुलाई निस्सा वितरण गरिएको हो ।
बाँकी रहेका दुई वटा वडामा पनि हप्तादिन भित्र निस्सा वितरण गरिने उहाँले जानकारी दिनुभयो । जग्गाधनी पूर्जा प्राप्तीका लागि निस्सा वितरण कार्य पहिलो प्रकृया भन्दै अध्यक्ष खाँले अबको ४–५ महिना भित्र निस्सा प्राप्त गरेका नागरिकलाई जग्गाधनी पूर्जा समेत वितरण गरिने बताउनुभयो ।
राष्ट्रिय भूमी आयोग बाँकेका विज्ञ सदस्य अशोक पोख्रेलले आयोगले आफ्नो कामलाई तिब्रताका साथ अगाडि बढाउँदै लगेको बताउनुभयो । उहाँले भूमीहिन दलित सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिएर उनीहरूलाई आफ्नो जग्गाको मालिक बनाउने सरकारको अभियानलाई आयोगले जिम्मेवारी ढङ्गले अगाडि बढाइरहेको बताउनुभयो।
निस्सा वितरण कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्वन खाँ, वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार वर्मा, राष्ट्रिय भूमी आयोग बाँकेका सर्वेक्षक मीना धिताल, स्थानीय राजनैतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके