लघुवित्त तथा वित्तिय शोषणको विरुद्धमा नेपालगञ्जमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ । नेपालगञ्जको कारकादौंबाट बैङ्क तथा वित्तिय संस्थाबाट ज्यादती गरिएको भन्दै चर्को नाराबाजी सहितको विरोध प्रदर्शन भएको हो ।
लघु वित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शनमा अधिकांश महिलाहरुको सहभागिता थियो । सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीका अनुसार लघुवित्त तथा वित्तिय संस्थाहरु नव सामन्तीको रुपमा स्थापित भएकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनुभयो ।
सामुहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, कालो सूची तथा धितो लिलामा फुकुवा गर्नुपर्ने, लगायतका माग सहित प्रदर्शन गरिएको हो ।
लघुवित्त तथा वित्तिय शोषणको विरुद्ध स्थापित समितिको आयोजनामा विरोध प्रदर्शन, कोणसभा, धर्ना तथा राष्ट्र बैङ्कको नेपालगञ्जस्थित कार्यालय घेराउ कार्यक्रम गरिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके